निगमको प्रस्ताव: एक पटकमा मोटरसाइकललाई ५ र गाडीलाई २० लिटर तेल, शनिवार गाडीरहित सार्वजनिक बिदा

काठमाडौं, २० असार । नेपाल आयल निगमले इन्धन वितरण प्रणालीमा कोटा लगाउनेगरी सरकारलाई प्रस्ताव गरेको छ ।

निगमले सोमवार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृह मन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउन विक्रीमा कोटा तोक्न सुझाव दिएको हो।

निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र काररजीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो ।

त्यस्तै सरकारी तथा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ ।

छोटो दूरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने तथा ढुवानी कार्यमा प्रयोग हुने मालबाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलााउने, मोटरसाइकल, कार सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन निगमले सरकारलाई प्रस्ताव गरेको छ ।

ठूला उद्योग, परियोजना, होटल, आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्न प्रस्ताव गरेको छ ।

खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्ने प्रस्तावमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here