सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ असार । नेपाली बजामा सुनचाँदीको भाउ उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको हो।

सोमवार प्रतितोला ९७ हजार ५ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैंयामा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैंया रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले बढेको छ । हिजो प्रतितोला १ हजार २ सय रुपैंयामा कारोबार भएको चाँदीको मूल्य तोलामा ५ रुपैंया बढेर प्रतितोला १ हजार २०५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here