यती एयरलाइन्समा अब मनोरञ्जनात्मक सेवा, आकासबाटै होटल बुक गर्न सकिने

काठमाडौं, २१ असार । आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एयरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ ।

आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरञ्जन सेवा सुरु गर्न लागिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

उनले भने , ‘अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनु हुनेछ । इन्फ्लाइट मनोरञ्जनका लागि बायुयान भित्र रहेको डिभाईसमा कनेक्ट गरि हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गित–संगीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ ।

हामी विश्वस्त छौं, यती एयरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ ।’ यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु पनि हुनेछ ।

यथाशिघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्ने उद्देश्यले आवश्यक तयारी र परीक्षण भइरहेको र परीक्षणपछि यती एअरलाईन्सको सम्पूर्ण बायुयानहरुमा यो सुबिधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here