एकैदिन ९० जना कोरोना संक्रमित थपिए, २० जना संक्रमण मुक्त

काठमाडौं, २१ असार । पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ७३ जना र १ हजार १६८ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार ९०८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ५५५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४०१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here