वाणिज्य बैंकहरुको कर्जा ९ अर्ब रुपैयाँ घट्यो, सीडी रेसियो ८९.४२ प्रतिशत कायम

काठमाडौं, २२ असार । असार महिनामा वाणिज्य बैंकहरूले सीडी रेसियो कायम गर्नैका लागि निक्षेप संकलनमा तीव्रता दिइरहेका छन् ।

नेपाल बैंकर्स संघका तथ्यांक अनुसार वाणिज्य बैंकहरूले एक सातामै ३४ अर्ब रूपैयाँले निक्षेप संकलन गरेका छन् भने कर्जा लगानी २ अर्ब रूपैयाँले मात्रै बढाएका छन् ।

तर, जेठ मसान्तको तुलनामा बैंकहरुको कर्जा लगानी असार तेस्रो सातासम्म कर्जा लगानी ९ अर्ब रूपैयाँले घटेको छ ।

असार १० गतेसम्म ४१ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले असार १७ गतेसम्ममा २ अर्ब बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।

यसअघि जेष्ठ मसान्तसम्ममा बैंकहरुले ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा असार १७ गतेसम्ममा ९ अर्ब घटेर ४१ खर्ब ८४ अर्ब रुपैयाँमा झरेका हुन् ।

बैंकहरुले असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर एक साता अर्थात असार १७ गतेसम्ममा ३४ अर्ब बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

त्यस्तै, असार महिनामा मात्रै बैंकहरुको ३२ अर्ब रुपैयाँ निक्षेप बढेको हो । यसअघि वाणिज्य बैंकहरुसँग जेष्ठ मसान्तसम्ममा ४४ खर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here