सुनको भाउ एकैदिन तोलाको १६ सय रुपैयाँ घट्यो

काठमाडौं, २२ असार । नेपाली बजारमा आज सुनको भाउ घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुन प्रतितोला १६ सयले घटटेर ९६ हजार रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको भाउ १६ सयले घटेको छ। आज प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।