जीवन बीमालेखको संख्या १ करोड २६ लाख नाघ्यो, ६१ प्रतिशत जनसंख्या दायराबाहिर

काठमाडौं, २२ असार । नेपालमा जीवन बीमालेखको संख्या १ करोड २६ लाख नाघेको छ । बीमा समितिको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा जीवन बीमालेखको संख्या १ करोड २६ लाख ३२ हजार ३७३ पुगेको हो ।

यो संख्या अघिल्लो वर्षको तुलनामा ४९ १८ प्रतिशत बढेको हो । २०७७ को जेठ मसान्तसम्ममा ८४ लाख ६८ हजार १३५ रहेको समितिले तथ्यांकमा उल्लेख छ । यो संख्या जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहितको हो ।

एक वर्षको अन्तरमा जीवन बीमालेखको संख्या ४५।३१ प्रतिशतले बढेको छ ।

तथ्याङक अनुसार गत वर्षको जेठ मसान्तदेखि यस वर्षको जेठ मसान्तसम्म बीमालेख संख्या ४१ लाख ६४ हजार २३८ ले बढेको हो ।

समितिको तथ्यांक अनुसार अझै पनि ६१ ८३ प्रतिशत नेपाली बीमाको दायराबाहिर छन् ।

शाखा विस्तार १५ प्रतिशतले बढ्यो

बीमा कम्पनीहरूको शाखा संख्या १५ ९ प्रतिशतले वृद्धि भएको छ । आवको जेठ मसान्तसम्ममा बीमा कम्पनीहरूको शाखा कार्यालय संख्या ३ हजार ५ सय ५५ वटा पुगेका छ ।

७७ जेठ मसान्तसम्म बीमा कम्पनीहरूको कार्यालय संख्या २ हजार ९ सय १५ रहेको थियो । बीमा सेवा विस्तार भएपछि कुल ग्रार्हस्थ्य उत्पादन ९जीडीपी० मा पनि बीमाक्षेत्रको योगदान बढ्दै गएको छ ।

त्यस्तै, जेठ मसान्तसम्मा बीमाक्षेत्रमा काम गर्ने कर्मचारी संख्या ११ हजार८५१ पुगेको छ । अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले वृद्धि हो ।

नेपालमा जीवन बीमा, कृषि, उद्योग कलकारखाना, सवारी साधन र घरजग्गाको बीमा धेरै हुने गरेको समितिको तथ्यांक छ ।

स्थानीय तहमा बीमाको पहुँच धेरै कम भएको समितिले जनाएको छ । धेरै ग्रामीण भेगका स्थानीय निकायमा बीमा कम्पनी खोलिएको छैन । जसका कारण स्थानीय निकायका नागरिक बीमाका विषयमा अनभिज्ञ हुने गरेको पाइन्छ ।

सरकारले स्थानीय तहमा पनि कृषि, पशुपालन, घरजग्गा र अन्य व्यवसायका विषयमा अनिवार्य बीमाको दायरामा ल्याउन प्रयास भइरहेको छ ।

ग्रामीण भेगका नागरिक अहिले पनि बीमाका विषयमा जानकार छैनन् । सरकारले सबै नेपाली नागरिकलाई बीमाको पहुँचमा ल्याउने उद्देश्यले २०४९ सालमा बीमा समिति स्थापना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here