सिनेमा घर तथा मनोरञ्जन क्षेत्रलाई कर तिर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं, २२ असार । काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर तिर्न सम्बन्धित क्षेत्रलाई आग्रह गरेको छ ।

महानगरले एक सूचना जारी गर्दै फिल्म घर, क्यासिनो, दोहोरी साँझ, डान्सबार, नाटक घरलगायतलाई आग्रह गरेको हो ।

त्यस्तै मनोरञ्जन क्षेत्रका भिडियो घर, कन्सर्ट, नाइट क्लब, सांस्कृतिक प्रदर्शन हल, थिएटर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एण्ड स्पा, स्वीमिङ पुल र पार्कलाई आदीलाई पनि कर तिर्न भनेको महानगरका राजस्व बिभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।

राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरेर मात्र व्यवसाय दर्ता र नवीकरण गर्न समेत महानगरले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here