अर्थ मन्त्रालयमा नेतृत्वका कुर्सी खाली, कसले थेग्छ दवाव ?

काठमाडौं, २३ असार । अर्थ मन्त्री जनार्दन शर्माको राजिनामा र अर्थसचिव मधुकुमार मरासिनीको अनिश्चित बिदाका कारण अर्थ मन्त्रालयमा नेतृत्वको कुर्सी खाली भएको छ । अर्का सचिव कृष्णहरी पुष्कर समेत यतिबेला अष्ट्रियाको भियनामा छन् ।

आर्थिक वर्षको अन्तिममा हुने राजस्व संकलन र पुँजीगत खर्चको भुक्तानी सम्बन्धी चाप व्यवस्थापनमा मुल नेतृत्व नहुँदा समस्या पर्ने भएको हो । मन्त्रालयका अधिकारीहरु भने बिहीबार वा शुक्रबारबाट अर्थसचिव मरासिनी काममा फर्कने बताउँछन् ।

उनले बुधबार व्यक्तिगत कारण देखाउँदै बिदा लिएका थिए । सोही दिन अर्थमन्त्री शर्माको अनपेक्षित राजिनामा आएपछि भने अर्थसचिव काममा फर्कन सक्ने सम्भावना रहेको देखिएको हो । सीसीटीभी फुटेज काण्डमा अर्थसचिव समेत मुछिने देखिन्छ ।

यद्दपी उनले सार्वजनिक रुपमा बजेट प्रकरणबारे बोलिसकेका भने छैनन् । बुधबार समेत उनी दिनभर मोवाइल बन्द गरेर बसे । उता, अर्थमन्त्रीको जिम्मेवारीमा तत्काल नयाँ मान्छे नपठाउने मुडमा माओवादी केन्द्र छ ।

सोहीकारण यो मन्त्रालय अहिले प्रधानमन्त्री स्वयमःले सम्हाल्नेछन् । जनार्दन शर्मामाथिको छानविन समितिलाई १० दिनको समय दिइएको छ । समितिबाट निर्दोष देखिएको खण्डमा शर्मा पुनः यस मन्त्रालयको नेतृत्वमा आउने बताइएको छ । बुधबार माओवादी नेता वर्षमान पुनले यस्तै संकेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here