टेस्लालाई उछिन्दै बीवाइडी बन्यो विश्वकै ठूलो विद्युतीय सवारी विक्रेता

काठमाडौं, २३ असार । विद्युतीय गाडी उत्पादक बीवाइडीले एलन मस्कको टेस्लालाई पछाडी पारेको छ ।

विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीका रुपमा रहेको टेस्लालाई वारेन बफेटको बर्कशायर ह्याथवेद्वारा समर्थित चिनियाँ अटो समूहले विक्रीमा आधारमा पछी पारेको हो ।

यससँगै विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादकको रूपमा आएको छ । विद्युतीय सवारीको क्षेत्रमा चीनको प्रभुत्व रहेको प्रष्ट पार्छ । यस अघि विद्युतीय कार उत्पादन तथा बिक्रीमा अमेरिकी कम्पनी टेस्लाको वर्चश्व थियो।

पछिल्लो तथ्यांक अनुसार चिनियाँ कम्पनी बीवाइडी टेस्लाको भन्दा ७७ हजार युनिट बढी गाडीहरु बिक्री गरेको छ।

बीवाइडीले वर्षको पहिलो छ महिनामा ६ लाख ४१ हजार सवारी साधनहरू विक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ सय प्रतिशतले बढी हो ।

तर सोही अवधिमा टेस्लाले भने पाँच लाख ६४ हजार युनिट गाडीहरु मात्र बिक्री गरेको पाइएको छ । टेस्लाको सप्लाई चेन र सांघाई लकडाउनको समस्याले बिक्री कम भएको बताइएको छ ।

त वर्ष विश्वको सबैभन्दा ठूलो कार बजार चीनले आधा मिलियनभन्दा बढी विद्युतीय सवारीसाधन निर्यात गरेको थियो, जुन अघिल्लो वर्षको सङ्ख्याभन्दा दोब्बर हो ।

यद्यपि युरोपमा चीनको निर्यातको करिब एक तिहाइ चिनियाँ स्वामित्वमा रहेका युरोपेली ब्रान्डहरू भोल्भो कार र एमजी मोटरहरू थिए । जम्मा २ प्रतिशत कार। मात्र चिनियाँ ब्रान्डहरू थिए ।

फाइनान्सियल टाइम्सबाट अनुवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here