जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानिएको छ। जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको हो।

उनको अवस्था गम्भीर रहेको जापानी समाचार संस्था द जापान टाइम्सले जनाएको छ।

उनले आफ्नो स्वास्थ्य अवस्था जिटिल बन्दै गएको भन्दै सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ​ आवे जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेता पर्छन्।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here