भारतले रोक्यो गहुँको पिठो, मैदा र सुजीको निर्यात, नेपाललाई कस्तो पर्ला असर

काठमाडौं । गत बैशाखदेखि गहुँको निर्यात रोकेको भारतले गहुँको पिठो र मैदा, आटलगायतका बस्तुको निकासीमा प्रतिबन्ध लगाएको छ ।

गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छोटो समयमै पिठोको निर्यातमा पनि कडाई गरेको हो ।

गहुँको पिठो निकासीमा लगाइएको प्रतिबन्ध जुलाई १२ देखि लागू हुने जनाएको छ।

जसअनुसार भारतका सबै निर्यातकर्ताहरूले कुनै पनि आउटबाउन्ड ढुवानी गर्नु अघि गहुँ निकासी सम्बन्धी अन्तर–मन्त्रालयीय समितिको पूर्व अनुमति लिनुपर्नेछ ।

जुलाई ६ अघि जहाजमा लोडिङ सुरु भएको वा अधिसूचना जारी हुनु अघि भन्सार विभागलाई हस्तान्तरण गरिएको थियो भने जुलाई १२ सम्म ती ढुवानीहरूलाई अनुमति दिइनेछ ।

भारतले गहुँको पीठो र यससँग सम्बन्धित उत्पादनहरूको निर्यातमा पूर्ण रूपमा प्रतिबन्ध भने लगाइसकेको छैन ।

गहुँ निकासीमा प्रतिबन्ध लगाइएपछि गहुँको पीठोको मूल्यमा केही स्थिरता भए पनि प्रतिबन्ध लगाइएको हो । केही व्यापारिक स्रोतले भने निर्यात भइरहेको बताएको छ ।

भारतको खाद्य मन्त्रालयका अनुसार अप्रिल २०२२ मा ९५,१६७ टन गहुँको पीठो निर्यात गरेको थियो ।

जुन अप्रिल २०२१ मा २६,००० टन पुगेको थियो, यो लगभग २६७ प्रतिशतले बढी हुन आउछ ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउने निर्णयसँग यसको प्रत्यक्ष असर नेपालमा परेको थियो ।

भारतबाट पिठो आयात गर्न नपाएपपछि नेपालमा बेकरी आइटम, बिस्कुट तथा चाउचाउलगायतको मूल्य बढ्न सक्ने सम्बन्धित उद्योगीहरु बताउँछन् ।

वैशाख ३० मा भारतले गहुँको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसयता भारतमा गहुँको पिठोको मूल्य केही कम भए पनि हाल पिठो निर्यातसमेत रोकिएको छ ।

भारतले रोक्यो गहुँ निर्यात, नेपालमा कस्तो असर पर्ला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here