चीनमा ३ ओटा सन्तान जन्माउने अभिभावकलाई भत्ता

काठमाडौं । चीनले तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने भएको छ । जनसंख्या बढाउन तथा श्रमशक्तिमा योगदान गर्ने उद्देश्यसहित विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता ल्याउने भएको हो ।

चीनमा पछिल्लो केही बर्षहरुमा जनसंख्या घट्दै गएपछि सरकारले यस्तो नीति कार्यान्वयनमा ल्याएको बताइएको छ ।

सो नीति अन्तरगत सेवानिवृत्त हुने समय थप गर्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, बालबच्चाको सेवा सुधार्ने, सुत्केरी विदा बढाउनेलगायत सुविधाहरु थप गरिने छ । जनसंख्या घट्ने समस्यालाई रोक्ने प्रयासस्वरुप उक्त कदम चालेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीले एक बच्चा मात्र जन्माउन पाउने नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here