सुनको भाउ घट्यो, चाँदी स्थीर

फाइलफोटो

काठमाडौं, २७ असार । नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ । चाँदीको भाउ स्थीर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको घटेको हो।

योसँगै प्रतितोला छापावाला सुन ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९४ हजार २०० रुपैयाँ कायम भएको छ।त्यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १८५ रुपैयाँ कायम भएको छ ।

आईतवारका दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो र चाँदी १० रुपैयाले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here