श्रीलंकाली राष्ट्रपति राजापाक्षेले अज्ञात ठाउँबाटै दिए इन्धन वितरणका लागि निर्देशन

काठमाडौं । श्रीलंकाली राष्ट्रपति गोटाबाय राजापाक्षले अज्ञात ठाउँबाटै जनतालाई इन्धन वितरणका लागि निर्देशन दिएका छन्।

जनता आक्रोसित भएर राष्ट्रपति भवन भित्र पसेपछी भाग्न बाध्य भएका राजापाक्षले आइतबार खाना पकाउने ग्यास वितरण सुनिश्चित गर्नका लागि सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

साथै उनले स्थिती केही साम्य भएलगत्तै राजीनामा दिने समेत बताएका छन् । प्रदर्शनकारीले शनिबार राष्ट्रपति राजापाक्षको कोलम्बोस्थित घरमा आक्रमण गरेर नियन्त्रणमा लिनुअघि राजापाक्षे त्यहाँबाट भागेका थिए।

प्रदर्शनकारीहरुको विशाल समूहले अहिले पनि राष्ट्रपति र प्रधानमन्त्री दुवैको आधिकारिक निवासमा बसेका छन् । आर्थिक तथा इन्धनको समस्यामा गुज्रिएको श्रीलंकाले ३७०० मेट्रिक टन एलपी ग्यास प्राप्त गरेको छ। सोही ग्यास नागरिकलाई वितरण सुनिश्चित गर्नका लागि निर्देशन दिएका हुन् ।

आइतबार पहिलो लटमा ३७०० मेट्रिक टन ग्यास बोकेको जहाज केरावलपितिया पुगेको छ । साथै दोस्रो लटमा ३७४० मेट्रिक टन ग्यास जुलाई ११ मा र तेस्रो लटमा ३२०० मेट्रिक टन ग्यास जुलाई १५ मा आइपुग्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here