विद्युतीय भुक्तानी बढ्यो, एक महिनामा क्युआर कोड स्क्यानबाट ११ अर्बको कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहले गर्दा विद्युतीय भुक्तानी बढेको छ ।

सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार उल्लेखनीय रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार जेठ महिनामा क्युआर कोड स्क्यान गरेर ११ अर्ब १ करोड ५० लाख भुक्तानी भएको छ ।

गत वैशाखमा भने क्युआर कोड स्क्यान गरेर १० अर्ब १९ करोड १० लाख रूपैयाँ भुक्तानी भएको थियो । एक महिनामा क्युआरबाट हुने कारोबार ८२ करोडले वृद्धि भएको छ ।

तथ्यांकअनुसार जेठ महिनामा डिजिटल माध्यमबाट हुने कारोबारमा वृद्धि आएको छ ।

जेठमा डिजिटल वालेटबाट १५ अर्ब ९६ करोड ७० लाख कारोबार भएको छ भने मोबाइल बैंकिङबाट १ खर्ब २१ अर्ब ९६ करोड २० लाख रूपैयाँ कारोबार भएको छ ।

त्यसैगरी जेठमा इण्टरनेट बैंकिङबाट १२ अर्ब १५ करोड ६० लाख रूपैयाँको कारोबार भएको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here