मस्कले नकिन्ने घोषणासँगै घट्यो ट्विटरको सेयर मूल्य

काठमाडौं । एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर नकिन्ने घोषणा गरेसँगै ट्वीटरको सेयर घटेको छ । ट्वीटर किन्नको लागि ४४ अर्ब डलरको सम्झौताबाट बाहिरिएको घोषणा गरेपछि सोमबार ट्वीटरको शेयर घटेको हो ।

सोमबारको व्यापार बन्द हुँदा ट्विटरको सेयर मूल्य लगभग ३२ दशमलव ६४ मा झरेको छ । गत अप्रिलमा मस्क र ट्विटरको बोर्डले सहमति गरेपछी ५४ दशमलव २० मा पुगेको थियो । मस्क इलेक्ट्रिक कार फर्म टेस्लाका मालिक पनि हुन् ।

उनले अप्रिलमा ट्विटर किन्न योजना घोषणा गरे, तर प्लेटफर्ममा नक्कली खाताहरूको संख्याको कारण एक महिना पछि सम्झौता रोकियो।

ट्विटरले साइटमा स्प्याम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी प्रदान गर्न असफल भएको दाबी गरेपछि मस्क पछि हटेका थिए।

ट्विटरले सम्झौतालाई अगाडि बढाउन कानुनी कारबाही गर्ने योजना बनाएको छ र एक शीर्ष अमेरिकी कानुनी फर्मलाई काममा लिएको छ ।

ट्वीटर नकिन्ने निर्णयमा किन पुगे मस्क ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here