काठमाडौं, २८ असार । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । इन्धनको भाउ बढेको भन्दै असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाएको हो ।
यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १ दशमलव ७९ प्रतिशतले भाडा बढाइएको छ ।
त्यसैगरी पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २ दशमलव ३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २ दशमलव ६ प्रतिशतले भाडा बढाइएको हो ।
कहाँ जान कति रुपैयाँ लाग्छ ?