मतदाता नामावलीका लागि अब घरबाटै विवरण भर्न सकिने, यसरी गर्नुहोस् दर्ता

काठमाडौं, २८ असार । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाका नागरिकहरूले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिएको हो ।

निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरको लागि यस्तो सुविधा उपलब्ध गराएको हो ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले आयोगको www.election.gov.np मा गएर व्यक्तिगत विवरण भर्न सकिन्छ।

विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध गराइनेछ । सो पश्चात उल्लेखित संकेत न सहित प्रिन्ट कपी र आवश्यक अन्य कागजपत्र लिएर जिल्ला निर्वाचन कार्यलयमा भने सम्पर्क गर्नु पर्नेछ ।

त्यसपछि अनलाइन फारममा उल्लेख भएको संकेत नम्बरसहित प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ।

यो सँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

सो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here