सुुनचाँदी व्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु

काठमाडौं, २९ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले सुुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताएका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधीमण्डलसँगको भेटमा मन्त्री वडुले आम उपभोक्ता र ब्यवसायीहरुको हक अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिवद्ध भएको बताएका हुन् ।

सो अवसरमा उनले सुनचाँदी ब्यवसायीले उठाउँदै आएको सुनचाँदी कारोबार ऐन तर्जुमाका लागि मन्त्रालयका तर्फवाट सिघ्र पहल गर्न पनि सम्वद्ध निकायलाई निर्देशन दिए ।

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएको विभिन्न समस्याको बारेमा मन्त्री वडुलाई जानकारी गराए । भेटका क्रममा कच्चा पदार्थको आपूर्तिको अवस्था, सुनचाँदीको मूल्य निर्धारण प्रकृया, कालिगढको ब्यवस्थापन, ब्यवसायीक सुरक्षा लगायतका बिषयमा छलफल भएको थियो ।

मन्त्री वडुसँगको भेटकाक्रममा अध्यक्ष शाक्यका अलावा महासंघका उपाध्यक्ष द्धय विपिन रामुदामु र पवन कुमार सोमानी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here