आईएमई पेको ‘हवाई टिकट काटौं, सुनचाँदी जितौं’ योजनाका भाग्यशाली विजेता घोषणा

काठमाडौं । आईएमई पेले ‘हवाई टिकट काटौं, सुन चाँदी जितौं’ योजनाअन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरेको छ ।

पहिलो दुई सातामा सन्देश श्रेष्ठ दोस्रो दुई सातामा विजेता रामपुकार महतो विजेता बनेका हुन् । यी दुवैले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट–काठमाडौँ र जनकपुरबाट काठमाडौंको हवाई टिकेट काटेका थिए ।

योजना अवधिभर हवाई टिकट काट्ने यात्रुमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आईएमई पेको फेसबुक पेजमार्फत घोषणा भइसकेको छ ।

जेठ १ बाट सुरु भएको यस योजनामा आईएमई पे मोबाईल वालेटमार्फत नेपालको कुनै पनि आन्तरिक उडानको हवाई टिकेट काटेका यात्रुहरुमध्ये २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here