एयरबसको मानवरहित जहाजले राख्यो लामो उडानको कीर्तिमान, सोलारबाट चल्ने

Airbus

काठमाडौं, ३० असार । जहाज निर्माता एयरबसले मानवरहित जहाजको उडानमा नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम राखेको विवरण सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यो जहाज सौर्य ऊर्जाबाट सञ्चालन हुन्छ । एयर बसको जेफर एस नामको मानवरहित विमानले लगातार २६ दिनसम्म उडान गरेर आफ्नै सन् २०१८ को रेकर्ड तोडेको हो ।

व्यावसायिक विमानहरूलाई अवरोध नपुर्याउन र प्रतिकूल मौसमबाट जोगिन मानवरहित यो विमानले वायुमण्डलको उच्च भागमा उडान गरेको थियो। रातभर हावामा तैरिनका लागि आवश्यक उर्जाका निम्ति यो विमानमा ब्याट्री राखिएको छ । सोहीकारण यो जहाजमा इन्धन चाँहिदैन ।

उडान सम्बन्धी विवरणहरूमा यो विमान अमेरिकाको एरिजोनास्थित परीक्षण क्षेत्रबाट मध्य अमेरिकाको बेलिजसम्म पुगेको र पुनः फर्किएको देखिन्छ। यसले अघिल्लो रेकर्ड राखेको सन् २०१८ मा भन्दा यो पटक बढी उडान गरेको छ ।

सैन्य प्रयोग वा प्रकोप सहायता जस्ता कार्यमा यस्तो विमानको व्यवहारिक प्रयोगका बारेमा परीक्षण उडानले ढोका खोल्ने काम गरेको समाचारमा उल्लेख छ । यो विमानले भूउपग्रह जसरी नै तस्बिर पठाउन सक्छ। तर यो पृथ्वीको कक्षमा परिक्रमा गर्ने नभई एक ठाउँमा रहेर निरन्तर जानकारी पठाउन काम लाग्न सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here