टिकटकमा किशोरकिशोरीलाई ‘एडल्ट भिडियो’ प्रतिबन्ध

काठमाडौं, ३० असार । टिकटकका एडल्ट भिडियो अब १८ वर्ष मुनिका टिकटक प्रयोगकर्ताले देख्न नपाउने भएका छन् । कम्पनीले टिकटकमा एज रेस्ट्रिक्ट फिचर ल्याउन लागेको हो । जसअनुसार अकाउन्टमा उमेरका आधारमा भिडियोहरु देखिने हुन्छ ।

कम्पनीले उमेरको आधारमा किशोरकिशोरीको टिकटक अकाउन्टमा देखिने भिडिओहरू छुट्याउन लागेको बताएको छ । कम्पनीले अबको केही हप्ता भित्रै ‘कन्टेन्ट लेभल्स’ उपलब्ध गराउने भएको हो ।

यो सँगै टिकटकका भिडिओमा पनि उमेर हदबन्दी रेटिङ लागू हुनेछ । यो रेस्ट्रिक्सन १३ वर्ष देखि १७ वर्ष सम्मका प्रयोगकर्तामा मात्रै लागू हुने जनाएको छ । यसका साथै कम्पनीले प्रयोगकर्तालाई आफूले नचाहेका विषयसम्बन्धी भिडिओलाई समेत प्रतिबन्ध गर्न सक्ने फिचर उपलब्ध गराउने भएको छ ।

‘दर्शकहरूलाई उनीहरूको हेर्ने अनुभवलाई अनुकूलन गर्ने तरिकाहरूका साथ थप सशक्त बनाउन, हामी मानिसहरूले आफूले नचाहेका शब्दहरू वा ह्यासट्यागहरूसहित भिडियोहरू स्वचालित रूपमा फिल्टर गर्न प्रयोग गर्न सक्ने उपकरणहरू रोलआउट गर्दैछौं ‘ ट्रस्ट र सेफ्टीका प्रमुख कर्माक केननले भने।
टिकटकले अमेरिकामा चिनियाँ सरकारसँग प्रयोगकर्ताहरूको जन्म मिती साझा गरेकोमा धेरै विवादहरूको सामना गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here