भ्याटमा दर्ता भएका करदाता २ लाख ६८ हजार, प्यान लिनेको सख्या साढे ४० लाख नाघ्यो

काठमाडौं, ३० असार । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता २ लाख ६८ हजार ४३६ पुगेका छन्।

कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७र७८ सम्म भ्याटमा दर्ता हुने संख्या ४ प्रतिशत बढेको हो ।

त्यस्तै अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ३ हजार ४२३ पगुेको छ। व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९९८ जनाले लिएका छन् ।

आव २०७६÷७७ को तुलनामा चालु आव २०७७/७८ आयकरतर्फ १८.९, मूल्य अभिवृद्धितर्फ ४.८७ र अन्तशुल्क इजाजत पत्रतर्फ ९.६८ प्रतिशतले स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्यामा वृद्धि भएको हो ।

यो वर्ष आयाकरतर्फ स्थायी लेखा नम्बर लिनेको सङ्ख्या छ लाख ४५ हजार ७१७ ले बढेर ४० लाख ५९ हजार १०७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here