नवीकरण नभएका कम्पनीलाई ९५ प्रतिशत जरिवाना छुट

काठमाडौं । दर्ता भएका तर नियमित रुपमा विवरण नबुझाएका कम्पनीहरु जरिवाना रकमको ५ प्रतिशत मात्रै शुल्क बुझाए पनि नवीकरण हुने भएका छन् ।

कम्पनी रजिष्ट्रार कार्यालयले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक विवरण नबुझाएका प्राइभेट कम्पनीहरुले २०७९ पुस मसान्तसम्म जरिवाना तथा शुल्कको ५ प्रतिशत रकम मात्रै तिरेर विवरण बुझाई नवीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

जरिवाना तथा शुल्कको ९५ प्रतिशत रकम मिनाहा गरी प्राइभेट कम्पनीहरु नवीकरण हुन पाउने छन् । कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएका हजारौं कम्पनीले यसबाट लाभ पाउने छन् ।

लामो समयदेखि विवरण नबुझाएका र जरिवाना समेत बढ्दै गएका हजारौं कम्पनी नवीकरण हुन सकेका छैनन् । अघिल्लो बजेटले पनि गत पुस मसान्तसम्मका लागि भन्दै यस्तो सुविधा दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here