रसुवागढी नाका दुईतर्फी चलाउन चीन सहमत

काठमाडौं, ३१ असार । नेपाल र चीनले रसुवागढी नाकालाई दुई तर्फी चलाउन सहमत भएका छन् । यससँगै साढे दुई वर्षदेखि अघोषित रुपमा रहेको चिनियाँ नाकाबन्दी हट्ने देखिएको छ ।

कोभिड–१९ को कारण सुरुवाती दिनबाटै यो नाका कहिले बन्द त कहिले एकतर्फी रुपमा चल्दै आएको छ । रसुवागढी–केरुङनाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न अब भने दुबै देश सहमत भएका छन् ।
नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा चीनले कोरोना भाइरस मापदण्डलाई पालना गर्दै उक्त नाकाबाट सामग्रीहरु आयात र निर्यात गर्न सहमत भएका हुन् । यो नाकामा चीनले एकतर्फी नेपालमा सीमित मात्रामा सामान पठाइरहेको छ ।

नेपालबाट सामान जाँदैन । यसले नेपालको निर्यात व्यापार चीनतर्फ शून्य छ । बिहीबार सम्पन्न सीमासम्बन्धी परामर्श बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको सीमा तथा समुन्द्र सम्बन्धित मामिला विभाग महानिर्देशक होङ लियाङले गरेका थिए । यस्तै, दुवै पक्षले हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here