अन्नपूर्ण केबलकार १ हप्ता बन्द हुने

काठमाडौं । पर्यटकीय नगरी पोखरामा संचालित अन्नपूर्ण केबलकार १ साताका लागि बन्द हुने भएको छ ।

पोखराको लेकसाइड सेदीबगरदेखि सराङकोटसम्म संचालनमा रहेको उक्त केबलकार नियमित मर्मत सम्भार गर्न असार ३१ देखि साउन ६ सम्म बन्द हुने भएको हो।

केबलकारको सेवा साउन ७ गते बिहान ९ बजेदेखि यथावत् रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यसबाट यात्रुहरूलाई पर्न गएको असुविधा प्रतिक्षमाप्रार्थी भएको कम्पनीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here