दोधारा चाँदनीमा हुरीले छाना उडाउँदा एक दर्जन घर परिवारको बिचल्ली

दोधारा । दोधारा चाँदनी वर्षासँगै आएको हावाले स्थानियहरुको घरहरुमा क्षति पुर्‍याएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ मा स्थानियहरुको विहीवार साँझ आएको आकस्मत हावापानीले झण्डै १ दर्जन भन्दा बढी घरहरुमा क्षति पुर्‍याएको हो ।

हावापानीले घरको छाना फाल्नुको साथै विद्युत मिटर तथा खाद्य सामग्री क्षती गरेको स्थानियहरुले बताएका छन् ।

हावा पानीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ निवासी पप्पु बाँठा, कल्याण सिंह महता, सिता देबी महता, शिम्न्युहा लोहार, गणेश दत्त ओझा, राम सिंह भण्डारी, करन सिंह सुनार, शिव सिंह साँउद र गोपाल साँउद लगाएत स्थानियहरुको घरको छाना उडाएको वडा नं. ३ का वडाध्यक्ष हरि सिंह धनाडीले बताए ।

वडाध्यक्ष धनाडीका अनुसार हावाहुरीको कारण क्षती भएको घरको विवरण संकलन भईरहेको छ ।

‘घरहरुको क्षती भएको बिबरण आउन अझै बाँकी छ्’ धनाडीले भने । स्थानियहरुको घरको छाना उडाउदा स्थानियहरु बिचल्लीमा परेका छन् । दोधारा चाँदनी नगरपालिकामा आएका हावा पानीले रुख तथा मकैको बोटमा समेत क्षतिबनाएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here