साउन भित्रै सिंहदरबारका क्यान्टिनबाट ग्यास सिलिण्डर विस्थापित गरिँदै, विकल्पमा विद्युतीय चूलो

काठमाडौं, ३१ असार । सरकारले साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्यास सिलिण्डर विस्थापित गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा घोषण गरेको‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियानलाई कार्यान्वयन गर्न सबै मन्त्रालयलाई पत्राचार गरेको छ ।

बजेटमा आगामी तीन महिनाभित्र महानगर र उपमहानगरबाट पनि ग्यास सिलिण्डर विस्थापित गर्ने र यसलाई राष्ट्रव्यापी अभियानका रुपमा लैजाने घोषणा गरेको थियो ।

त्यसै अनुरुप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. २५३ को प्रभावकारी कार्यान्वयन गर्न गर्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here