चन्द्रागिरि हिल्सले बढायाे केबलकारको टिकट भाउ

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले केबलकारको टिकटकाे भाउ बढाएकाे छ । कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी टिकटकाे मूल्य बढाएको हो ।

कम्पनीका अनुसार दुईतर्फी टिकटकाे मूल्य ९९ रूपैयाँले बढाएर नेपालीका लागि ७९९ रुपैयाँ (करसहित) पुर्याएकाे छ । यसअघि उक्त टिकट ७०० रुपैयाँमा लिन सकिन्थ्यो ।

यसैगरी, कर सहित दुईतर्फी सार्कदेशका लागि प्रतिव्यक्ति १२८० रुपैयाँ कायम गरेको छ भने चिनियाँ आगन्तुकहरुका लागि १५ डलर र अन्य देशका नागरिकहरुका लागि २२ अमेरिकी डलर तोकेको छ ।

अब पर्यटकहरुले एकतर्फी टिकट मात्र प्रतिव्यक्ति कर सहित ४७५ रुपैयाँमा खरिद गर्नुपर्ने छ । सो टिकट सार्क देशका लागि ७६० रूपैयाँ, चिनियाँको लागि ९ डलर र अन्य देशका नागरिकहरुका लागि १३ अमेरिकी डलर निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here