नयाँ आर्थिक वर्ष २०७९-८० शुरु, आयकरको सीमा बढ्दै- कर्मचारीको पारिश्रमिक वृद्धि

काठमाडौं, १ साउन । आजबाट नयाँ आर्थिक वर्ष २०७९\८० शुरु हुँदैछ । यस आवबाट सरकारले कर्मचारीको पारिश्रमिब बढाएको छ । आयकरको सीमा बढाएको छ । यी प्रावधान आजैबाट लागु हुँदैछन् ।

सरकारले विद्युतीय सेवा दिने विदेशी कम्पनीलाई करको दायरामा ल्याउँदैछ । विलासिताका वस्तुमाथिको आयातमा प्रतिवन्धले निरन्तरता पाउँदा यस आबबाट वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओ निष्काशनमा कोटा लागु हुँदैछ ।

विकास खर्च बढाउन विशेष कानून ल्याउने घोषणा गरेको सरकारले स्थानीय र प्रदेशमा पर्याप्त बजेट विनियोजन गरेको छ । बजेट तीन वटै तहका सरकारले नयाँ आवबाट खर्च गर्न थाल्नेछन् । सरकारले १५ जेठमा बजेट ल्याएको हो ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयले संसदमा उग्ररुप लिएपछि अहिले अर्थ मन्त्रालय भने रिक्त रहेको छ । सरकारले यस आवमा खर्च घटाउनेदेखि मितव्यायीता अपनाउनेसम्मका घोषणा बजेटमार्फत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here