फूलकुमारी महतो अस्पतालमा शल्यक्रियासहितको आँखा उपचार विभाग सञ्चालन गरिने

काठमाडौं । फूलकुमारी महतो मेमोरियल अस्पताल र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच प्रतिष्ठानमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा।उपेन्द्र महतो र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डा। सन्दुक रुइतले हस्ताक्षर गरे ।

अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नत्ती गरी आँखाको शल्यक्रिया सेवालगायतका कार्यक्रम संचालन गर्ने उद्देश्यसहित सम्झौता गरिएको बताइएको छ ।

सम्झौता अनुसार अस्पतालमा रहेको आँखा विभागलाई सुदृढीकरण गरी आँखाको शल्यक्रिया सेवा समेत संचालन हुने उपयूक्त भौतिक पुर्वाधार एवं आँखाको बहिरंग विभागमा आवश्यक पर्ने आँखा जाँच मेशीन औजारको बन्दोवस्त गर्ने तथा आँखा उपचारका लागी थप भवन निर्माण गर्नु परेमा निर्माण गरिनेछ ।

प्रतिष्ठानको व्यवस्थापनमा रहेको रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगर मार्फत उच्च प्रविधि र कुशल चिकित्सकसहितको टोलीबाट आँखाको शल्यक्रिया एवं अन्धोपन निवारण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने बताएको छ ।

त्यस्तै प्रतिष्ठानले गुणस्तरीय आँखा उपचारको शल्यक्रिया सेवा प्रदान गर्ने सिलसिलामा समय समयमा आँखा स्वास्थ्य शिविर लगायतका विभिन्न सेवाहरु प्रदान गर्ने,शल्यचिकित्साका लागि आवश्यक जनशक्ति, उपकरण, औषधि तथा सर्जिकल सामग्रीहरु उपलव्ध गराउने आदि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here