ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्मा निर्वाचित, महासचिवमा राजिव पाण्डे

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा ७७२ मत प्राप्त गरी शर्मा विजयी भएका हुन् ।

शर्मा अर्का अध्यक्षका उम्मेदवार धुव्र अधिकारीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । अधिकारीले ५६८ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा प्रश्रय राजभण्डारी (६९६), गीता गुरुङ (५७८) र सहदेव धमला (६८३), महासचिवमा राजीव पाण्डे (६८१), सचिवमा रामचन्द्र गिरी (६५३) र कोषाध्यक्षमा पुण्यराम लगेजु (६३४) मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत पुष्पराम पौडेलले जानकारी दिए ।

यस्तै आठ सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला शिङ्खडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेञ्जिन लामा र लालबाबु चौधरी विजयी भएको छ ।

कूल १५ सदस्यका लागि भएको निर्वाचनमा कुल मतदाताको संख्या १ हजार ५९९ रहेको परिषदको निर्वाचनमा कुल मत १ हजार ३९७ मत खसेको थियो ।

एक कार्यकाल आमन्त्रित केन्द्रीय सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भइसकेएका शर्माको स्थायी घर बाग्लुङ हो । उनी लामो समयदेखि ठमेलमा स्पा, होटललगायत पर्यटकीय गतिविधिमा संलग्न छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here