एसएसबीको दादागिरी: दोधारा चाँदनीको सुन्दरनगरमा खेती गर्न रोक

दोधारा, २ साउन । सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खेत जोत्नमा रोक लगाएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं.८ सुन्दरनगर नेपाल–भारत सीमा क्षेत्रमा रहेको स्थानिय ईन्द्र बहादुर रोकाया मगरको नाममा रहेको सेतो पुर्जा जग्गा जोत्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको हो ।

शनिवार ईन्द्र बहादुर रोकाया मगरले आफ्नो खेत जात्न लाग्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको स्थानियहरुले बताएका छन् ।

भारतीय सीमा सुरक्षा बलले खेत जोत्न नपाएपछि ईन्द्र बहादुर मगरले स्थानिय प्रशासनलाई गुहार लगाएका थिए ।

भारतीय पक्षको दादागिरी भन्दै स्थानियहरुले बिरोध जनाएका छन् । विवादभएपछि नेपाल तर्फका सुरक्षा अधिकारी विवाद स्थलमा पुगेका थिए ।

विवाद साम्य गर्न आज अपरान्ह ५ बजे दुबै देशका सुरक्षा अधिकारी सहित जनप्रतिनिधीका स्थानिय स्तरमा सिमा बैठक बस्ने भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here