पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं, २ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ४५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जना र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ गरी ४५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार ७९४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here