वैशाखयता विपद्का घटनामा १२५ जनाको मृत्यु, ६९ करोड बढीको क्षति

फाइल तस्विर

काठमाडौं, ३ साउन । नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

विशेषगरी चट्याङ्ग र आगलागीका कारण अकल्पनीय क्षति भएको छ। वैशाखदेखि साउन २ गतेसम्म विपद्जन्य घटनामा परेर १२५ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

३१२ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन् ।

बढी मात्रामा चट्याङ्ग र आगलागीबाट धेरै मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ।

देशभर ६९ करोड १३ लाख ३७ हजार ६६० रुपैयाँ बराबरको क्षति भएको छ । १४२९ परिवार प्रभावित भएका छन् ।

यस अवधिमा चट्याङ्गबाट ५४ जना, आगलागीबाट १९, बाढी पहिरोबाट २० जनावर आतंकबाट १२ जना, सर्पदशंबाट १० र हावाहुरीका कारण १ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here