करारका कर्मचारी नहटाउन स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह

फाइलफोटो

काठमाडौं, ३ साउन । प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन स्थानीय तहरूलाई आग्रह गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना निकाल्दै प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन गाउँपालिका र नगरपालिकाहरूलाई आग्रह गरेको हो ।

राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले जारी गरेको सूचनामा भनिएको छ कार्यक्रमको शुरुवातदेखि नै भर्ना गरिएका जनशक्तिलाई तलब, भत्ता र अन्य सेवा सुविधा प्रदान गरी संघीय सरकारले लगानी गरी मानव पूँजी निर्माण गरेको र यो कार्यक्रम केन्द्रिय सशर्त अनुदान अन्तर्गत संचालित कार्यक्रम रहेकाले एकमुष्ठ रुपमा कर्मचारीलाई सेवाबाट हटाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम र युवारुप कार्यक्रमको सोच, लक्ष्य र उद्देश्यमा दख्खल पर्नेछ ।

‘कानूनी प्रक्रियाअनुसार बाहेक सेवाबाट कर्मचारी नहटाउन पुन: अनुरोध गरिन्छ,’ निर्देशक घिमिरेले भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here