जोरपाटीमा बोरिङ खन्दा लेदो माटो र पानीसहितको फोहोरा निस्कियो, खानी विभागले अध्ययन गर्दै

काठमाडौं, ३ साउन । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । स्थानीयले खानेपानीको लागि बोरिङ खन्दै गर्दा माटो र बालुवाको लेदो निस्केको हो ।

स्थानीयले भने बोरिङ खनेको स्थानवाट ग्यास निस्केको दाबी गरेका छन् । खनेको स्थानबाट माटो र बालुवाको लेदो निरन्तर आकाशतर्फ उडिरहेको बौद्ध प्रहरीले जनाएको छ ।

बौद्ध प्रहरीले भने-‘फोहोर घरभन्दा अग्लो छ । पानीमा माटो धेरै मिसिएर आएको छ । फोहोरा निस्किएको खबर पाएपछि हामी त्यहाँ गएका थियौँ ।

खानी विभागका पदाधिकारीहरूलाई बालाएका छौँ । उहाँहरू आइपुगेर अध्ययन गर्दै हुनुहुन्छ,’ । कुनै पनि क्षति भएको छैन ।’

यसअघि पनि काठमाडौंका विभिन्न स्थानमा बोरिङ खन्ने क्रममा ग्यास निस्कने घटना हुँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here