नबिल निक्षेप संकलन र कर्जा लगानी ‘नम्बर वान’ बैंक, सीडी रेसियो कुनको कति ?

काठमाडौं, ३ साउन । एक वर्षको अवधिमा निक्षेप संकलन र कर्जा लगानीमा नबिल बैंकको अग्रता देखिको छ ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेप संकलन र कर्जा लगानीमा अन्य वाणिज्य बैंकहरुको तुलनामा नबिल बैंक अगाडि देखिएको हो ।

सबैभन्दा बढी सीडी रेसयो नबिल बैंकको ८९.७९ प्रतिशत छ। बैंकको कुल निक्षेप ३ खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ भने ऋण ३ खर्ब ९ अर्ब ६ करोड नाघेको छ। नेपाल बंगलादेश बैंकलाई गाभेपछि सर्वाधिक निक्षेप हुने नबिल नै हो। ऋणमा पनि नबिल एक नम्बर हो।

निक्षेप ३ खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ छ भने कर्जा प्रवाह ३ खर्ब ९ अर्ब ६ करोड रुपैयाँ नाघेको छ। नबिलको निक्षेप दोस्रो स्थानमा रहेको एनआइसी एशियाको भन्दा ३५ अर्बले बढी हो भने कर्जा ४१ अर्ब बढी हो ।

दोस्रो स्थानमा रहेको एनआइसी एसियाको निक्षेप २ खर्ब ९४ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब ६८ अर्ब रुपैयाँ छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरी ४१ खर्ब ७४ अर्ब कर्जा लगानी गरेका छन् ।

सीडी रेसियो कुनको कति ?

असार मसान्तसम्म सबै वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल रहेको छ । सबै बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा तल छ। यो नियामकीय प्रावधानभित्र हो।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न निर्देशन दिएको थियो ।

बैंकर्स संघका अनुसार असार मसान्तमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८६.४१ प्रतिशत कायम भएको छ।

सो अवधिमा सबैभन्दा बढी सीडी रेसयो नबिल बैंकको ८९.७९ प्रतिशत भने सबैभन्दा कम प्रभु बैंकको ७८.३५ प्रतिशत राखेको छ।

सबैभन्दा कम सीडी रेसियो प्रभु बैंकको छ । नबिल बैंकको सीडी रेसियो ८९.७९ प्रतिशत देखिएको छ भने सबैभन्दा कम सीडी रेसियो भएको प्रभु बैंकको ७८.३५ प्रतिशत छ ।

यस्तै, ग्लोबल आईएमई बैंकको ८९.२१ प्रतिशत, हिमालयन बैंकको ८८.८ प्रतिशत, कृषि विकास बैंकको ८८.७९ प्रतिशत र बैंक अफ काठमाण्डूको ८८.२१ प्रतिशत सीडी रेसियो देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here