थप ३५७ जनामा कोरोना पुष्टी, ६२ जना संक्रमण मुक्त

काठमाडौं, ३ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ३५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५७ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ गरी ३५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८२ हजार ६२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार १२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here