सशस्त्र द्वन्द्वदेखि शिक्षित युवाको सरकारी शिक्षक बन्ने संघर्षको कथा ‘प्रकाश’ (ट्रेलरसहित)

काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रम ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फिल्मका केही मुख्य विषयवस्तुले शिक्षित युवाको शिक्षक बन्ने संघर्षलाई देखाएको छ ।

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ ।

विकास सुबेदीको लेखन रहेको फिल्म माओवादी युद्धमा सहभागी बेपत्ता परिवारको कथा देखाउँछ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ ।

समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ । यसअघि लभस्टोरी फिल्ममा मात्र देखिँदै आएका प्रदीपले यस फिल्ममा निर्वाह गरेको फरक भूमिकालाई चासोका रूपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here