घना बस्तीको बीचमा मिथेन ग्यास निस्कनु जनस्वास्थ्यमा यसकारण गम्भीर चूनौति

काठमाडौं,४ साउन । मंगलबार बिहान १० बजेदेखि जोरपाटीको लोसेटारस्थित सन्तकुमार लामाको घरबाट ग्याससँगै निस्किएको बालुवाको मुस्लो करिब १७ घण्टापछि थामिएको छ । यद्दपी यसले भविश्यमा जनस्वास्थ्यमा चूनौति भने थप्ने देखिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित लामाको घरबाट बोरिङ खनेर पाइप हाल्ने क्रममा एक्कासी निस्किएको ग्याससहित लेदोको मुस्लो बुधबार बिहान सवा ३ बजे रोकिएको हो ।

रातिसम्म मुस्लो निस्कने क्रम नरोकिएपछि नेपाली सेनाको टोलीले त्यस क्षेत्र आसपासका ५० मिटर नियन्त्रणमा लिएर प्रवेश निषेध गरेको थियो । घना बस्तीकै बीचमा मिथेन ग्यास भण्डारण हुँदा सकारात्मक र नकारात्मक असर हुने विज्ञहरु बताउँछन् ।

मिथेन ग्यासको परीक्षणपछि मात्रै कति विषालु छ थाहा हुन्छ । यदि विषालु भएमा यसले मानव स्वास्थ्यमा ठूलो असर गर्छ । मिथेन ग्यास कलरलेस, अर्डरलेस र उच्च प्रज्वलनशील गरी तीन प्रकारको हुन्छ ।

विज्ञहरुका अनुसार मिथेनको मात्रा उच्च भएमा स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । यसले मानसिक स्थिति, आवाज, आँखाको दृष्टि, स्मरण शक्तिमा असर गर्छ । बान्ता आउने र बेहोस हुनेसम्मको समस्या समेत यस्तो ग्यासको प्रभावले मानिसमा हुन सक्छ ।

जलवायु परिवर्तन गराउने प्रमुख ग्यास मध्ये एक मिथेन हो । मिथेन, कार्बन डाइअक्साइड, र कार्बन मोनो अक्साइडले जलवायु परिवर्तनमा भूमिका खेल्छन् । मिथेन ग्यासलाई सामान्यतया खाना पकाउने ग्यासमा प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here