लोक गायक प्रेमराजा महतको ‘पीपल डाँडे साइँली’ (भिडियोसहित)

काठमाडौं । लोक गायक प्रेमराजा महतको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक प्रेमराजा महत्त र गायिका अस्मिता परियारको स्वर रहेको गीत ‘पीपल डाँडे साइँली’ सार्वजनिक भएको हो । गीतको शब्द तथा संगीत पनि प्रेमराजा महत्तले नै तयार पारेका हुन् ।

गीतको भिडियो दीपक नेपालीले निर्देशन गरेका छन् । महतसहित दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको अभिनय भिडियोमा देख्न सकिन्छ ।

दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानी रहेको भिडियो नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन रहेको छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।

महतले ‘बाँझो खेतमा, हिउँचुलीमा हिउँ, बिदेशीको हरियो डलर’ जस्ता चर्चित गीतमा आवाज दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here