चलचित्र ‘द सेक्रेट अफ राधा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘द सेक्रेट अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । सुवर्ण थापाको निर्देशनमा बनेको चलचित्रको ट्रेलर आइतवार सार्वजनिक गरिएको हो ।

ट्रेलरमा बेपत्ता भएका श्रीमानको खोजी गरिरहेकी श्रीमतीको कथालाई देखाइएको छ।

अभिनेता सौगात मल्ल निर्माता रहेको सामाजिक मुद्दामा बनेको नारी प्रधान चलचित्रमा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

यो चलचित्रमार्फत अभिनेता सौगात मल्ल निर्माताको रुपमा डेब्यू गरेका हुन्।

चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्। नरेन्द्र मैनालीले छायांकन गरेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।

यो चलचित्र भदौ १० गतेदेखि प्रदर्शन हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here