बढ्दै कोरोना -पुन: लागू हुन थाले स्वास्थ्य सतर्कताका नियम

काठमाडौं, १० साउन । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दुई दिन अगाडी सबै मन्त्रालय, विभाग र सचिवालयहरुलाई पत्र लेखि सिंहदरबार भित्र प्रवेशमा मास्क अनिवार्य गर्न भनेको छ । यस्तो नियम अब सिंहदरबार भित्रका बैठक, गोष्टी तथा छलफलका दौरान समेत अनिवार्य लागू हुने छ ।

मन्त्रालयको प्रवेश गेटमा स्यानिटाइजर राखेर त्यसले अनिवार्य हात हुने नियम समेत लागु गर्न पत्रमा भनिएको छ । उता, वायुसेवा कम्पनीहरुले सूचना निकाल्दै यात्राका दौरान मास्क अनिवार्य लागु गरिएको जनाएका छन् ।

बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले सूचना नै निकालेर यसबारे जानकारी गराएका हुन् । पछिल्लो केही सातायता नेपालमा कोरोना भाइरसको महामारी निरन्तर बढेको छ । सोमबार मात्र ५ सय भन्दा बढी मानिसमा कोरोना पुष्टी भएको छ । साथमा मानिसहरुको ज्यान जाने क्रम समेत बढेपछि सुरक्षा सतर्कताका उपायहरु अनिवार्य गर्न थालिएको हो ।

नेपालको छिमेकी मुलुक भारतमा दैनिक २० हजार भन्दा बढी मानिसमा कोरोना देखिएको छ । साथमा मानिसहरुले भिडभाडमा निस्कँदा समेत मास्क लगाउन छाडेपछि जोखिम ह्वात्तै बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here