गुजरातमा रक्सी सेवनबाट २४ को मृत्यु, यसकारण हुन्छ घरेलु रक्सी विशाक्त

१० साउन, काठमाडौं । भारतको जुगरातमा सोमबार घरेलु विशाक्त रक्सीको सेवनबाट २४ जनाको ज्यान गएको छ । ४० जना अझै घाइते छन् । भारतको बिहार तथा अन्य राज्यमा विगतमा घरेलु रक्सीका कारण धेरै मानिसले अकालमा ज्यान गुमाउनु परेसँगै यसको प्रतिवन्ध लागेको छ । विशाक्त रक्सीको शिकार बेलाबेला नेपाली समेत हुने गरेका छन् । यस अंकमा हामी रक्सी बनाउने कुन प्रक्रियामा हुने गल्तीले रक्सी विशाक्त बन्छ, त्यसबारे चर्चा गर्नेछौं ।

भारतमा गरिएको एक अध्ययन अनुसार घरेलु रक्सीलाई अत्यधिक मादक बनाउन यसमा रासायनिक मलको प्रयोग गरिन्छ । जसले गर्दा थोरै सेवनबाट समेत रक्सी लाग्छ । यसको मात्रा जब अधिक हुन्छ, त्यसपछि रक्सी विशाक्त बन्छ । रक्सीमा यूरिया मलको प्रयोग अधिक हुन्छ ।

पछिल्लो समय घरेलु रक्सी बनाउने क्रममा अक्सिटोसिन नामक केमिकल पदार्थ समेत मिसाउने गरिन्छ । यसले रक्सीलाई अधिक नशालु बनाउँछ । तर, यस्तो रसायनले नपुंशकता निम्त्याउँछ । त्यति मात्र होइन, आँखामा जलन हुने देखि पेटमा समेत जलन हुन्छ ।

लामो समय र निरन्तर यो रसायन मिसिएको रक्सी सेवन गर्नेले अन्तिममा आँखा नै गुमाउन सक्ने खतरा समेत उत्तिकै हुन्छ । जब रक्सीमा यूरिया र अक्सिटोसिन मिल्छ, तर मिथाइल अल्कोहल बछ । यो मृत्युको मूख्य कारण रहेको अध्ययनले बताएको छ ।

मिथाइल शरीरमा घुसेसँगै यसले तिब गतिमा प्रतिक्रिया दिन थाल्छ । कतिपय अवस्थामा शरीरका विभिन्न अंगले काम नै गर्न छाडिदिन्छ । फलस्वरुप मानिसको मृत्यु हुन्छ । मिसावट समेत कम भएको रक्सीको सेवनले मानिसको मृत्य तत्काल नहुन सक्छ ।

तर, नशालु बनाउने बाहनामा धेरै मिसावट हुँदा छिटो मृत्यु हुन जान्छ । भारतमा देशी दारु भनि बजारमा बेचिने अधिकांश रक्सीमा ९० प्रतिशतसम्म रसायन मिसावट हुने गरेको समेत अध्ययनको प्रतिवेदन छ । यो पदार्थ साबुन, कृतिम रंग, क्लोरोफर्म, पालिससहितका औद्योगिक उत्पादनमा प्रयोग हुन्छ ।

अर्कोतर्फ रक्सी बनाउने क्रममा विभिन्न वस्तुमा इथानेल नामक रसायन समेत मिसाउने गरिन्छ । इथानेल आफैमा अल्कोहलिक रसायन हो । यसलाई विभिन्न पदार्थमा मिसाएर पिलाउने गरिन्छ, जसले सजिलै मात लगाउँछ । तर, यस्तो वस्तुको मिसावट आफैमा विशाक्त हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here