यसरी हेर्नसक्छन् एनटिसी प्रयोगकर्ताले एसईईको रिजल्ट

काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

यसरी हेर्न सकिन्छ नेपाल टेलिकमबाट एसईईको रिजल्ट राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको परीक्षा नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

त्यस्तै एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसइइ लेखेर स्पेस दिइ अल्फाबेट सहितको सिम्बल नम्ब टाइप गरी १६०० मा पठाउन सकिन्छ ।
उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने ।

कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पश्चात् परीक्षाफल हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here