पछिल्लो २४ घण्टामा ५६४ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं ११ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७७८ नमूनाको पीसीआरमा ४१८ र १६६७ नमूनाको एन्टिजेनमा १४६ जना गरी कूल ५६४ जनामा संक्रमण पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ३९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६९ हजार ४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३९२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here