जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटलबीच सम्झौता, बीमितले उपचार शुल्क तिर्नु नपर्ने

काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी हस्पिटल एण्ड टेक्निकलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटलकाे तर्फबाट भिम प्रसाद तुलाचनले उक्त सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here