काठमाडौं । अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध फूर्पा साङ्मो तामाङले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।
तामाङले उनीहरुविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।
फूर्पाले उजुरीमा फिल्म प्राविधिक ठकुरीले मिरूनालाई उक्साउने काम गरेको पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेपछि कानुन बमोजिम सजायको माग गर्दै मुद्दा दर्ता गर्न बाध्य भएको बताएका छन्।
गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित कबड्डी ४ फिल्मको प्रमोसनमा पुगेकी मिरूनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन्।
साथै उनले प्रहरीमा समेत फूर्पाको अनुचित व्यवहारविरुद्ध उजुरी दिएकी थिइन्। तर तामाङ/लामा समुदाय सार्वजनिक रुपमै विरोधमा उत्रिएका थिए। उनीहरुले प्रदर्शन भइरहेको मिरुनाको फिल्म कबड्डी ४ रोक्न माग माग गरेका थिए।
जेठ १७ गते फिल्मका कलाकार, निर्देशक र लामागुरुहरु साक्षी राखेर दुवै पक्षबीच सहमति भएको जनाइएको थियो।























